पहिरोले कहाँ–कहाँ छ सडक अवरुद्ध ? (सूचीसहित)

पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-३ मौवाखोला नजिकै बिहीबार बिहान पहिरो खसेर सडक अवरुद्ध बनेपछि डोजरको सहायताले पहिरो पन्छाइँदै । तस्बिर ः हीरालाल गुरुङ÷रासस

पहिरोले कहाँ–कहाँ छ सडक अवरुद्ध ? (सूचीसहित)

अर्थ चौतारी

पहिरोले कहाँ–कहाँ छ सडक अवरुद्ध ? (सूचीसहित)

A A- A+

काठमाडौं । देशका विभन्न ठाउँमा वर्षाले पहिरो जाँदा सडक अवरुद्ध भएका छन् । गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका राजमार्ग अवरुद्ध भएका छन् ।

सोलुखुम्बु दूधकुण्ड नगरपालिका ११ साल्मे, खोटाङ हलेसी तुवाचुङ नगरपालिका ३ बोझेखोला, सिन्धुपाल्चोक बलेफी गाउँपालिका ८ जुरे, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ खागदल सडकमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको प्रतिकार्य शाखाले जनाएको छ ।

चितवन ईच्छाकामना गाउँपालिका न्याग्दीखोला,बागलुङ, बागलुङ नगरपालिका १० डब्ल्याङ, रुकुम सिस्ने  गाउँपालिका ६ पाखागाउँ, पाल्पा रिद्विकोट गाउँपालिका २ जोत्ने, रोल्पा परिवर्तन गाउँपालिका १ पुत्लाचौरमा पहिरोले सडक अवरुद्ध भएको छ ।

डोल्पा÷त्रिपुरासुन्दरी नगरपालिका १ छलगाड, रुकुम पश्चिम/मुसिकोट नगरपालिका रिमदह, सल्यान कपुरकोट गाउँपालिका ३ चोरखोला, कालीकोट शुभकालिका गाउँपालिका १ एस मोड र गगनेखोलामा पहिरोले सडक अवरुद्ध भएको प्रतिकार्य शाखाले जनाएको छ । भारी वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक खुलाउने प्रयास भइरहेको गृहमन्त्रालयले जनाएको छ । 123-1723000575.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?