काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्रीलाई जवाफ दिने वातावरण बनाउन बिपक्षी दल असहमत भएकाले सदन अवरुद्ध भएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले अहिले गृहमन्त्रीका बारेमा प्रश्न उठेपछि जवाफ दिन पाउने अधिकार हनन भएको समेत बताए । कोही व्यक्तिमाथि प्रश्न उठेपछि जवाफै दिन नपाउने गलत नजिर संसदमा बसाउन नहुने उनले बताए । बर्तौलाले दलहरुबीच आन्तरिक छलफल गरेर निकास निकाल्नका लागि समझदारी बमोजिम नै बुधबारसम्मका लागि संसद स्थगित गरिएको जानकारी दिए ।
उनले गृहमन्त्रीले जवाफ दिएपछि बिपक्षीले भनेअनुसार छानविन समिति गठन, गृहमन्त्रीको राजीनामा लगाएतका बिषयमा छलफल गर्न सकिने बताए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच