फास्ट ट्र्याकमा धरहराजस्तै अग्ला पिल्लर, फेरि अर्को सुरुङको ‘ब्रेक थ्रु’ [फोटो फिचर]

फास्ट ट्र्याकमा धरहराजस्तै अग्ला पिल्लर, फेरि अर्को सुरुङको ‘ब्रेक थ्रु’ [फोटो फिचर]

अर्थ चौतारी

फास्ट ट्र्याकमा धरहराजस्तै अग्ला पिल्लर, फेरि अर्को सुरुङको ‘ब्रेक ...

A A- A+

​​काठमाडौं-तराई मधेश द्रुतमार्गअन्तर्गत पर्ने मकवानपुरको धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु भएको छ ।

null

मकवानपुरको बकैया गाउँपालिका १२ स्थित धेद्रे सुरुङ मार्गको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रेक थ्रु गरेका हुन् ।

null

काठमाडौंबाट निजगढ जाने १७२८ मिटर लम्बाइ रहेको सुरुङ नेपाली सेनाको व्यस्थापनमा पोली च्याङ्दा चिनियाँ कम्पनीले निर्माण गरिरहेको छ ।यससँगै सुरुङको निजगढ जाने र काठमाडौं आउने दुवै तर्फको ब्रेक थ्रु सम्पन्न भएको हो ।

null

आयोजनास्थलमा धरहराजस्तै अग्लाअग्ला पिल्लरहरू ठड्याएका छन् । द्रुतमार्गको १३ मध्ये प्याकेज नम्बर २ मा पर्ने धेद्रे र लेनडाडा सुरुङ मार्ग चिनियाँ कम्पनी पोली च्याङ्दाले निर्माण गरिरहेको छ ।

null

काठमाडौं-तराई मधेश द्रुत मार्ग आयोजनामा ६ स्थानमा गरी जम्मा १०.३९० किमि लम्बाइको सुरुङ मार्ग बन्ने नेपाली सेनाले जनाएको छ ।  २०७४ वैशाख २१ को मन्त्रिपरिषद्को निर्णयपछि ०८१ मंसिरमा निर्माण सम्पन्न गर्नेगरी आयोजना व्यवस्थापनको जिम्मा नेपाली सेनाले पाएको थियो ।

null

तोकिएको समयमा काम नसकिएपछि पछिल्लोपटक म्याद थप गरी २०८३ चैत मसान्तसम्म सक्ने लक्ष्य सेनाको छ । तर, हालसम्म समग्र आयोजनाको भौतिक प्रगति जम्मा ३५.३८ प्रतिशत मात्रै छ ।

null

यसअघि नागढुंगा-काठमाडौंलगायत सुरुङमार्ग ब्रेक थ्रु भइसकेका छन् ।

null

null

null

null

null

null

null

null

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?