काठमाडौं । चलचित्र ‘लाज शरणम्’ को मुद्दालाई लिएर ‘नेपाल चलचित्र निर्देशक समाज’ले आपत्ति जनाएको छ।बुधबार सामाजिक संजालमा एक विज्ञप्ति जारी गर्दै चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले चलचित्र ‘लाज शरणम्’को प्रचार सामग्री रोक्न आदेश दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
फाट्टफुट्ट आएका प्रचार सामग्रीको भरमा उच्च अदालत पाटनले चलचित्रमाथि अंकुश लगाउने आदेश दिएको आरोप विज्ञप्तिमा उल्लेख छ।
अदालतबाट आएको आदेशले सिर्जनशील सर्जकलाई नराम्ररी झस्काएको पराजुलीको भनाइ छ। भने निदेर्शक समाजले ‘लाज शरणम्’ र यस्तै प्रकृतिका कानूनी लडाइँमा रहेका अन्य चलचित्रहरुको साथमा रहेको ऐकवद्धता जारी गर्दै चलचित्रसँग सम्बन्धित संघसंस्थालाई गोलबद्ध हुन आग्रह गरेको छ।
यसका अलावा अध्यक्ष पराजुलीले भविष्यमा आउने सम्भावित चुनौतिहरुलाई मध्यनजर गरी परिपक्वताका साथ काम गर्न समेत आग्रह गरेको छ।


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच