अमेरिकामा घुम्रपातले कम्तीमा २१ जनाको ज्यान लियो, केन्टकी र मिसौरीमा ठुलो क्षति

अमेरिकामा घुम्रपातले कम्तीमा २१ जनाको ज्यान लियो, केन्टकी र मिसौरीमा ठुलो क्षति

अर्थ चौतारी

अमेरिकामा घुम्रपातले कम्तीमा २१ जनाको ज्यान लियो, केन्टकी र ...

A A- A+

काठमाडौँ । अमेरिकाका दुई राज्यका केही भागमा घुम्रपात (टोर्नाडो) का कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ। अमेरिकी राज्य केन्टकीका अधिकारीहरूले घुम्रपातका कारण १४ जनाको मृत्यु भएको बताएका छन् भने मिसौरीमा सात जनाको मृत्यु भएको छ, जसमा सेन्ट लुइस शहरका पाँच जना पनि समावेश छन्।

शनिबार बिहान दक्षिणपूर्वी केन्टकीको लरेल काउन्टीमा घुम्रपात आएको थियो। अधिकारीहरूले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। मिसौरीका अधिकारीहरूले शुक्रबार आएको घुम्रपातले ५,००० भन्दा बढी भवनहरूमा क्षति पुर्‍याएको बताएका छन्। घरका छाना उडेका छन् र विद्युत आपूर्ति अवरुद्ध भएको छ।

सेन्ट लुइसमा बिजुली कटौतीका कारण करिब एक लाख घरहरू प्रभावित भएका छन्। घुम्रपातबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा घर-घर गएर निरीक्षण भइरहेको अग्नि नियन्त्रण विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?