पूर्वमन्त्री बस्नेत भन्छन् : समस्या व्यवस्थामा होइन, आर्थिक नीतिमा छ

पूर्वमन्त्री बस्नेत भन्छन् : समस्या व्यवस्थामा होइन, आर्थिक नीतिमा छ

अर्थ चौतारी

पूर्वमन्त्री बस्नेत भन्छन् : समस्या व्यवस्थामा होइन, आर्थिक नीतिमा ...

A A- A+

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले मुख्य समस्या आर्थिक नीतिमा रहेको बताएका छन्। प्रतिनिधिसभामा सोमवार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा भाग लिँदै उनले यस्तो बताएका हुन्। उनले नीति तथा कार्यक्रमले नेपालको अवस्था, आवश्यकता, अवसर र चुनौतीलाई वस्तुपरक ढङ्गले सम्बोधन गर्न नसकेको बताए।

उनले नीति तथा कार्यक्रम समस्याको केन्द्रमा पुग्नै नचाहेको आरोप लगाउँदै यसले समाधान निकाल्छ भन्नेमा विश्वस्त हुन नसकिने टिप्पणी गरे। पूर्वमन्त्री रहेका बस्नेतले समस्या नीति, संस्थागत व्यवस्थापन, विकास मोडल, शैली र आचरणमध्ये कुनमा हो भनेर त्यसको निरूपण गर्नुपर्ने बताउँदै त्यसो हुन नसक्दा बुझाइमा विविधता देखिँदै आएको जिकिर गरेका छन् ।

उनले अहिलेको नीति तथा कार्यक्रम निराशाजनक रहेकाले यसले निकास दिन नसक्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?