काठमाडौं : सहकारी ठगीमा जिल्लाले तोकेको धरौटी बदर गर्दै पुर्पक्षमा पठाउने आदेश दिएसँगै रवि लामिछाने पक्राउ परेका छन्।
अदालतको आदेशसँगै प्रहरी उनलाई नियन्त्रणमा लिन घरमा पुगेको थियो। उनले ट्विट गर्दै अदालतको आदेशको सम्मान गर्दै आफैँ गिरफ्तारी दिने लेखेका थिए।
शुक्रवार जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै उच्चले रविलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। सुप्रिम सहकारी ठगीका अर्का अभियुक्त छविलाल जोशीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि रवि भने एक करोड धरौटीमा छुटेका थिए।
न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गरेको हो। प्रहरीको अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले सुप्रिम सहकारीका एक हजार ८ सय ३१ बचतकर्ताको १ अर्ब ७ करोड बढी रकम अपचलन भएको अभियोग लगाएको थियो।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच