वर्षाका कारण कैलालीका बस्ती डुबानमा

वर्षाका कारण कैलालीका बस्ती डुबानमा

अर्थ चौतारी

वर्षाका कारण कैलालीका बस्ती डुबानमा

A A- A+

धनगढी । कैलालीमा भारी वर्षाका कारण  बस्ती डुबानमा परेको छ । वर्षाका कारण कटैनी नदीमा आएको बाढीले कैलारी गाउँपालिकामा ७२ घर डुबानमा परेका छन । वडा नम्बर ५ स्थित मनिकापुरमा ३६ घर, वडा नम्बर ७ स्थित छटकपुर बसन्तामा २५ घर र वडा नम्बर ८ स्थित भंगहामा ११ घर डुबानमा परेको छन ।  डुबान भएको गाउँमा उद्धारका लागि सुरक्षाकर्मी, रेडक्रसका प्रतिनिधि, जनप्रतिनिधि लगायतका व्यक्ति खटेका विपत् व्यवस्थापन शाखाका प्रमुख भुवन बखरियाले बताए। यस्तै, कान्द्रा नदीमा आएको बाढीले भजनी नगरपालिकाको विभिन्न क्षेत्र डुबानमा परेको छ । जिल्लाको घोडाघोडी नगरपालिका–५ सेउकलिया, वडा नम्बर ९ रत्तिपुर, गौरीगंगा नगरपालिका–७ र कैलारीमा डुबान भएको जिल्ला प्रहरी कार्यालय सञ्चार शाखाका नरेन्द्र बोहराले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?