चितवन केक हाउसमा नयाँ वर्षको दिन रक्तदान कार्यक्रम हुँदै

चितवन केक हाउसमा नयाँ वर्षको दिन रक्तदान कार्यक्रम हुँदै

अर्थ चौतारी

चितवन केक हाउसमा नयाँ वर्षको दिन रक्तदान कार्यक्रम हुँदै

A A- A+

काठमाडौं । बढ्दो रगतको मागलाई परिपूर्ति गर्ने उद्देश्यले चितवनले केक हाउसले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । भरतपुर –१० स्थित सप्तगण्डकी रोडमा शाखा सञ्चालन गर्न लागेको चितवन केक हाउसले वैशाख १ गते बिहान ८ बजेबाट रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो । केक हाउसका सञ्चालक कृष्ण शर्मा ‘एकान्त प्रेमी’ ले जिल्लाका अस्पतालहरुमा रगतको माग धेरै भएको तर, आपूर्ति न्यून भएकाले केही भए पनि सहज बनाउन शाखा उद्घाटनको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सामान्यता १८ वर्ष पुगेका, स्वस्थ व्यक्तिले रगत दान गर्न मिल्ने भन्दै शर्माले रक्तदानले एकतिर बिरामी बचाउन सकिने र अर्कोतिर रक्तदाताले अनावश्यक शारीरिक वजन घटाउने, मुटु, कलेजो स्वस्थ राख्न, क्यान्सरको जोखिम कम गर्न बताउनुभयो ।

रक्तदाताको संख्या बढाउन सरकारले प्रेरणात्मक पहलमा कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । रक्तदान गर्ने व्यक्तिलाई सरकारले सामाजिक सम्मान तथा सुरक्षा दिन सकेको अवस्थामा रक्तदाताको संख्या बढाउन सहयोग पुग्छ । यसैबीच, चर्चित गायक सुगम पोखरेलले चितवन केक हाउसको पहिलो शाखा उद्घाटन गर्ने कार्यक्रम रहेको सञ्चालक केदार शर्माले बताउनुभयो । रत्ननगर नगरपालिकको टाँडीबाट सेवा प्रदान गरिरहेको चितवन केक हाउसले यही वैशाख १ गतेबाट भरतपुरको सप्तगण्डकी रोडबाट आफ्नो शाखा विस्तार गर्दैछ । केक हाउसको उद्घाटन समेत रक्तदान कार्यक्रमसँगै गरिने शर्माको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?