तेस्रो सातामा ‘अञ्जिला’, अहिलेसम्म कति कमायो?

तेस्रो सातामा ‘अञ्जिला’, अहिलेसम्म कति कमायो?

अर्थ चौतारी

तेस्रो सातामा ‘अञ्जिला’, अहिलेसम्म कति कमायो?

A A- A+

काठमाण्डाै – फिल्म 'अञ्जिला' बिहीबारदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ। फागुन २९ गते रिलिज फिल्म दर्शकको राम्रो साथसहित तेस्रो सातामा प्रवेश गरेको हो।फिल्मले कमाइ पनि राम्रो गरिरहेको छ। मंगलबारसम्म (१३ दिनमा) फिल्मले ८ करोड ७० लाख रूपैयाँ ग्रस कलेक्सन गरेको निर्माता प्रेमकुमार श्रेष्ठले बताए। 'दर्शकले एकदमै रूचाउनुभयो। दर्शकको माया र समर्थनले हामीलाई थप हौसला मिलेको छ,' उनले भने, 'माहोल हेर्दा फिल्म अझै लामो समयसम्म चल्ने अपेक्षा छ।''अञ्जिला' नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ। फिल्मको निर्देशन मिलन चाम्सले गरेका हुन्।

फिल्ममा एन्जिला आफैले प्रमुख भूमिकामा अभिनय गरेकी छन्। उनको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको भावुक कथा यसमा प्रस्तुत गरिएको छ। एन्जिलाको साथमा फिल्ममा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरूङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायत कलाकारहरूको अभिनय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?