काठमाडौं । चालू आर्थिक वर्ष २०८०/०८१ को पहिलो आठ महिनामा नेपालले ७७ करोड ९३ लाख रुपैयाँ बराबरको एक लाख बढी थान पावरबैंक आयात गरेको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार साउनदेखि फागुनसम्म नेपालमा विभिन्न ब्राण्डका एक लाख २० हजार १३२ थान पावरबैंक आयात भएका छन् ।
यसमध्ये ६४ करोड ७२ रुपैयाँ बराबरको एक लाख ९६ हजार ६५९ थान पावरबैंक (९१.२८ प्रतिशत) चीनबाट मात्र भित्रिएको छ । त्यस्तै दोस्रो धेरै पावरबैंक आयात भारतबाट आएको छ । त्यहाँबाट १३ करोड ८६ हजार रुपैयाँ बराबरको १० हजार ४५६ पावरबैंक नेपाल भित्रिएको छ ।


यो संख्या गत वर्षको तुलनामा करिब दोब्बर बढी हो । गत आव यही अवधिमा नेपालमा ३४ करोड ६४ लाख रुपैयाँ बराबरको ६७ हजार १६८ थान पावरबैंक भित्रिएको थियो ।
गएकाे फागुन महिनामा १२ हजार १२८ थान पावरबैंक नेपाल भित्रिएको विभागको तथ्याङ्क छ । जुन माघ महिनाको तुलनामा पाँच हजार २१७ ले कम हो । माघमा १७ हजार ३४५ थान पावरबैंक नेपाल भित्रिएका थिए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच