नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक स्वीकृत

सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बिहीबार बसेको राष्ट्रियसभाको बैठक । तस्बिरः प्रदीपराज वन्त/रासस

नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक स्वीकृत

अर्थ चौतारी

नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक स्वीकृत

A A- A+

काठमाडौँ, ६ भदौ । राष्ट्रियसभाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ स्वीकृत गरेको छ । सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयकमाथि विचार गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसद मदनकुमारी शाह (गरिमा), किरणबाबु श्रेष्ठ, मायाप्रसाद शर्मा, विष्णुकुमारी सापकोटा, कृष्णप्रसाद अधिकारी, तुलसाकुमारी दाहाल र सुमित्रा विसीले प्रचलित ऐनलाई समयानुकूल बनाउन ल्याइएको सो विधेयकलाई गम्भीर अध्ययन र समीक्षा आवश्यक रहेको बताए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै कानुनमन्त्री चौरसियाले कानुन व्यवसायीले बारम्बार उठाउँदै आएको नेपाल कानुन प्रतिष्ठान निर्माण गर्ने विषय विधेयकमा समेटिएको स्पष्ट पारे । उनले प्रस्तुत विधेयकलाई समृद्ध बनाउने भूमिका खेल्न सबै सांसदसँग आग्रह गरे ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सो विधेयकमाथि संशोधन राख्न चाहने सदस्यलाई राष्ट्रियसभाअन्तर्गतको विधेयक शाखामा दर्ता गराउन सक्ने जानकारी गराए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?