सुनको मूल्य हालसम्मकै महँगो, तोड्यो रेकर्ड

सुनको मूल्य हालसम्मकै महँगो, तोड्यो रेकर्ड

अर्थ चौतारी

सुनको मूल्य हालसम्मकै महँगो, तोड्यो रेकर्ड

A A- A+

काठमाडौं, भदौ २६ । सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। यसअघि भदौ २१ मा हालसम्मकै महँगिएको सुनको मूल्यले बुधबार नयाँ रेकर्ड कायम गरेको हो।

भदौ २१ मा छापावाल सुन प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएकामा आज ४०० रुपैयाँले बढेर प्रतितोला ५३ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज कायम मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला १०० रुपैयाँले बढी हो। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ४०० मा कारोबार भएकामा बुधबार प्रतितोला १ हजार रुपैयाँ बढेको महासंघले जनाएको छ।

बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ७८० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले बताएको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?