काठमाडौं, ९ असोज । काठमाडौंमा थारु समुदायले आज धुमधामका साथ जितिया पर्व मनाएको छ । तीन दिनसम्म मनाइने यो पर्वको मुख्य दिन आज थारु महिला निराहार व्रत बसेर रमाइलो गरी मनाउने गर्छन् ।
जितिया पर्व हरेक वर्षको आश्विन कृष्ण पक्षको सप्तमीदेखि नवमी तिथिसम्म थारु महिलाले मनाउने गर्दछन् । यस व्रत वा उपवासको क्रममा जितवहान भगवानको कथा र महिमा सुन्ने गरिन्छ । थारु महिलाहरुको ठूलो चाडको रुपमा रहेको जितिया पर्व सन्तानको सुख शान्ति र दीर्घायुको लागि प्रसिद्ध छ ।
आज अष्टमी तिथिका दिन थारु समुदायका महिला ‘झाम्टा’ नाच नाच्दै गाउँदै जितिया मनाउँछन् । आज बिहानै उठेर नुहाइधुवाइ गरी बेलपत्र टिपेर पूजा तथा नाचगान गर्दै दिनभर महिला तथा युवती यो पर्व मनाउने गर्दछन् ।
यो पर्वमा पहिलो दिन सप्तमी तिथिलाई ‘लाहा खाएके’, दोस्रो दिन अष्टमी तिथिलाई ‘उपास’ र अन्तिम दिन नवमी तिथिलाई ‘पारन’ भनिन्छ ।
हिन्दू धर्मावलम्बी नेपाली महिलाले मनाउने तीज जस्तै थारु समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका छन् । सन्तानको दीर्घ जीवन, सन्तान प्राप्ति तथा परिवारिक सुखशान्तिका लागि जितिया पर्व मनाइने जनविश्वास छ ।













इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच