काठमाडौं – संगीतकार एवम् गायक गुरुदेव कामतको निधन भएको छ। बिहीबार बिहान ६ बजे उनको निजी निवास सिरहामा निधन भएको हो। ६९ वर्षीय संगीतकार कामत लामो समयदेखि मिर्गौला पीडित थिए। परिवारिक स्रोतका अनुसार बिहीबार बिहान ६ बजे उनको सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ मा रहेको घरमा निधन भएको हो। लामो समयदेखि मिर्गौलाको उपचार गराइरहेका उनी आर्थिक समस्या भएपछि एक महिना अगाडि काठमाडौंबाट सिरहा घरमा पुगेका थिए। नेपाली गीत संगीत क्षेत्रमा ४० वर्षसम्म निरन्तर योगदान गरेका कामतको जन्म २०१२ साल साउन १७ गते सिरहामा भएको थियो ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच