एजेन्सी– इजरायलले गाजाको एक विद्यालयमा आक्रमण गर्दा कम्तिमा ३० जनाको मृत्यु र १०० भन्दा बढी मानिस घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो हमला विस्थापित प्यालेस्टाइनीले आश्रय लिइरहेको एक विद्यालयमा भएको खबरहरूमा उल्लेख छ । इजरायलले भने मध्ये गाजाको देर अल बलाहबाट पश्चिममा रहेको एक भवनभित्र रहेको हमास कमाण्ड एण्ड कन्ट्रोल सेन्टरलाई निशाना बनाइएको दाबी गरेको छ । खान युनिस क्षेत्र आसपासबाट आतङ्कवादी गतिविधि र रकेट हमला भएकाले त्यहाँ कारबाही गर्न आवश्यक भएको इजरायली सेनाले यसअघि नै बताएको बीबीसीमा उल्लेख छ इजरायली डिफेन्स फोर्स (आइडीएफ) ले गत साता नै ठाउँ खाली गर्न आदेश दिएको दाबी गरेको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच