काठमाडौँ । सगरमाथा आरोहण का क्रममा केन्याका नागरिक जोसुआ चेरियटको किरुइको मृत्यु भएको छ । पर्यटन विभागका अनुसार बिना अक्सिजन सगरमाथा आरोहणका क्रममा ४० वर्षीय जोसुआको मृत्यु भएको हो ।
बुधबार राति साढे १० बजे सगरमाथा चुचुरो नजिकै (८,८३० मिटर) उनी मृत भेटिएका थिए । मे १८ तारिखका दिन नेपाली गाइड सोलुखुम्बुका ङवाङ शेर्पाका साथ बिनाअक्सिजन जोसुआ सगरमाथाको आधारशिविरबाट दोस्रो शिविरतर्फ गएका थिए । उनी २० मे का दिन तेस्रो शिविर पुगेका थिए । २१ मेका दिन चौथो शिविर पुगेका उनीहरू २२ मेको बिहान सगरमाथा चुचुरोतर्फ लागेका थिए ।
आरोही र सहयोगी सगरमाथा नजिकै पुगे पनि आरोहण गरेरनगरेको यकिन नभएकोसमेत विभागले जनाएको छ । बुधबार दिउँसो ९ बजेसम्म पनि रेडियो सम्पर्कमा नआएपछि सेभेन समिटले चार जना अनुभवी माउन्टेन पथप्रदर्शक परिचालन गरी क्याम्प २ माथि खोज तथा उद्धारका लागि परिचालन गरेको थियो ।
सहयोगी शेर्पाको अवस्थासमेत अज्ञात रहेकाले अझै खोजी जारी रहेको विभागले जनाएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच