ससुराको हत्या गरेको आशंकामा ज्वाइँ पक्राउ

ससुराको हत्या गरेको आशंकामा ज्वाइँ पक्राउ

अर्थ चौतारी

ससुराको हत्या गरेको आशंकामा ज्वाइँ पक्राउ

A A- A+

माेरङ– मोरङको पथरी शनिश्चरे ७ का चन्द्रबहादुर तामाङको हत्या गरेको आशंकामा एक जना पक्राउ परेका छन् ।

करिब ६० वर्षका तामाङको हिजो बिहान घरमै हत्या भएको अवस्थामा शव फेला परेको थियो । हत्या पश्चात् उनका ज्वाइँ रविन राई फरार रहेका थिए । ज्वाइँ फरार भएपछि उनैले तामाङको हत्या गरेको आशंकामा प्रहरीले खोजी सुरु गरेको थियो ।

फरार रहेका राईलाई प्रहरीले आज धनकुटाको साँगुरीगडी गाउँपालिका स्थित मुलघाटबाट पक्राउ गरेको जनाएको छ । मुलघाटबाट राईलाई पक्राउ गरेको र हत्या उनैले गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहन विक्रम दाहालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?