नेपालले ‘हिमालय इकोसिस्टम’को एजेण्डासहित सगरमाथा संवादको आयोजना गर्ने, सहभागी हुन ओलीले दिए गुटेरेसलाई निम्तो

नेपालले ‘हिमालय इकोसिस्टम’को एजेण्डासहित सगरमाथा संवादको आयोजना गर्ने, सहभागी हुन ओलीले दिए गुटेरेसलाई निम्तो

अर्थ चौतारी

नेपालले ‘हिमालय इकोसिस्टम’को एजेण्डासहित सगरमाथा संवादको आयोजना गर्ने, सहभागी ...

A A- A+

काठमाडौं । प्रधानमन्त्री ओलीले नेपालको खुम्बु क्षेत्रमा हालै गएको हिम पहिरोप्रति राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायको चासोका लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसलाई धन्यवाद दिएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसहित अमेरिका पुगेका ओलीले गुटरेससँगको भेटमा उनलाई धन्यवाद दिएका हुन् । गुटरेसलाई धन्यवाद दिदैँ प्रधानमन्त्री ओलीले नेपालले चाँडै ‘हिमालय इकोसिस्टम’को एजेण्डासहित सगरमाथा संवादको आयोजना गर्ने जानकारी गराए । उनले उक्त संवादमा सहभागी हुन महासचिव गुटेरेसलाई निमन्त्रणासमेत दिए।

‘समृद्ध, नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षासहित मुलुकको आर्थिक रूपान्तरण गरी अल्पविकासित मुलुकबाट स्तरोन्नति हुने क्रममा नेपाल रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले दिगो विकास लक्ष्यहरू हासिलका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपेक्षासमेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?