नेपालमा सबै कम्युनिष्ट पार्टीहरू एक हुन आवश्यक : वामदेव गौतम

नेपालमा सबै कम्युनिष्ट पार्टीहरू एक हुन आवश्यक : वामदेव गौतम

अर्थ चौतारी

नेपालमा सबै कम्युनिष्ट पार्टीहरू एक हुन आवश्यक : वामदेव ...

A A- A+

काठमाडौं– नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेपालमा सबै कम्युनिष्ट पार्टीहरू एक हुनुपर्ने बताए । पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गौतमले सबै कम्युनिष्ट दलहरू गम्भीर भएर एकताबद्ध हुनुपर्ने बताएका हुन् । शक्तिशाली कम्युनिष्ट पार्टी चाहिएको छ भने कुनै एक पार्टीले पहल लिनुपर्ने र बलियो कम्युनिष्ट पार्टीबाट मात्रै समाजवाद सम्भव भएको उनको भनाइ छ । उनले मञ्चमा रहेका अन्य कम्युनिष्ट नेताहरूलाई एउटै पार्टी बनाउनका लागि आफ्नो प्रस्तावलाई समर्थन गर्न आग्रह समेत गरे । उनले यसअघि आफ्नो पहलमा कम्युनिष्ट एकता भएपनि दिगो हुन नसकेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?