कैलालीमा बाख्रा चोरेर स्थानीयलाई दुख दिने चोरलाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। घोडाघोडी नगरपालिका-४ बिचफाटाका २२ वर्षीय शङ्कर विकलाई स्थानीय गाउँलेले नियन्त्रणमा लिएर कारबाही गर्न सुझाव दिँदै प्रहरीलाई बुझाएका हुन्।
सोमवार राति करिब ९ बजेको समयमा घोडाघोडी-१ कौवापुर बस्ने लक्ष्मी ऐरको बाख्रा खोरबाट बाख्राको पाठा (खसी) चोर्ने क्रममा उनलाई स्थानीयले फेला पारेर प्रहरीमा बुझाएका हुन्। अहिले दुइटै पक्षबिच इलाका प्रहरी कार्यालय सुखडमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच