संविधान दिवसको अवसरमा नागरिकस्तरबाट आयोजित ‘नेशनल डे कन्सर्ट’ सुरु (फोटोफिचर)

संविधान दिवसको अवसरमा नागरिकस्तरबाट आयोजित ‘नेशनल डे कन्सर्ट’ सुरु (फोटोफिचर)

अर्थ चौतारी

संविधान दिवसको अवसरमा नागरिकस्तरबाट आयोजित ‘नेशनल डे कन्सर्ट’ सुरु ...

A A- A+

काठमाडौं, ३ भदौ । संविधान दिवसको खुसियालीमा नागरिकस्तरबाट काठमाडौँको दरबारमार्गमा आयोजित ‘नेशनल डे कन्सर्ट’ सुरु भएको छ । २०७२ सालमा आजकै दिन संविधान सभाबाट नेपालको संविधान जारी भएको थियो । संविधान जारी भएको खुसियालीमा प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस मनाइँदै आएको छ ।

आज विभिन्न संघ÷संस्था र सरकारी निकायहरुले विविध कार्यक्रम गरी संविधान दिवस मनाएका छन् । नेशनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने बताइएको छ । कार्यक्रममा सहभागीहरुको भीड उत्साहजनक रहेको छ । कार्यक्रमस्थलमा कलाकारहरुले आफ्नो प्रस्तुति दिन सुरु गरेका छन् । सहभागीहरुले राष्ट्रिय झण्डा हल्लाएर हौसल्ला दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?