काठमाडौं– भारतीय क्रिकेट बोर्डले श्रीलंकाविरुद्ध हुने टी-२० र एकदिवसीय सिरिजका लागि टिमको घोषणा गरेको छ । बोर्डले टी-२० सिरिजका लागि सूर्यकुमार यादवको कप्तानीमा १५ सदस्यीय र एकदिवसीय सिरिजका लागि रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजा जस्ता स्टार खेलाडीहरुले टी- २० खेल नखेल्ने घोषणा गरेपछि सूर्यकुमारलाई कप्तान र शुभमन गिललाई उपकप्तान बनाइएको छ । हालै जिम्बाबेविरुद्ध शतक बनाएका अभिषेक शर्मालाई भने टिममा सामेल गरिएको छैन । टी-२० टिममा सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), यशस्वी जैसवाल, रिंकु सिंह, रियान पराग, ऋषव पन्त, सन्जु सामसन, हार्दिक पाण्डेय, शिभम दुवे, अक्सर पटेल, वाशिंटन सुन्दर, रवि विश्नोई, अर्शदीप सिंह, खलिल अहमद र मोहमद सिराज रहेका छन् । त्यस्तै एकदिवसीय टिममा रोहित शर्मा (कप्तान), शुभमन गिल (उपकप्तान), विराट कोहली, केएल राहुल, ऋषव पन्त, श्रेयस अय्यर, शिभम दुवे, कुलदीप यादव, मोहमद सिराज, वाशिंटन सुन्दर, अर्शदीप सिंह, रियान पराग, अक्सर पटेल, खलिल अहमद र हर्षित राना रहेका छन् । भारतले श्रीलंकासँग श्रीलंकामा २७ जुलाई देखि टी-२० सिरिज र २ अगस्ट देखि एक दिवसीय सिरिज खेल्ने छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच