मन्त्री र अरुका लागि कानुन फरक हुन्छ ? भीम रावल

Bhim Rawal CPN-UML senior leader and a member of Task Force speaks to media after a meeting chair by Prime Minister Sushil Koirala on Thursday evening held at PM's Official Residence Baluwatar which formed a Task Force to resolve issues related to new Constitution. Photo: RSS

मन्त्री र अरुका लागि कानुन फरक हुन्छ ? भीम रावल

अर्थ चौतारी

मन्त्री र अरुका लागि कानुन फरक हुन्छ ? भीम ...

A A- A+

काठमाडौँ : नेकपा एमाले नेता भीम रावलले मन्त्री र अरुका लागि फरक फरक कानुन हुन्छ भन्दै सरकारलाई प्रश्न गरेका छन्।सामाजिक सञ्जालमार्फत नेता रावलले गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानुन विपरित दुई नागरिकता र दुई राहदानी हुँदा कारवाही नगर्ने तर कैलाश सिरोहियालाई नागरिकतामा विवरण फरक परेको भन्दै कार्यकक्षबाट पक्रिनेरु भन्दै प्रश्न गरेका हुन्।

 

उनले भनेका छन्( गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानून विपरीत विदेशको समेत गरी दुई नागरिकता र राहदानी हुँदा केही कारवाही नगर्ने तर कैलाश सिरोहियालाई दुइटा नागरिकतामा विवरण फरक परेको भनी कार्यकक्षबाट पक्रेर रातारात धनुषा लिने१ के मन्त्री र अरूका लागि फरक(फरक कानून छ ? रावलले यसलाई कानूनी राज्यको उपहास भएको टिपपणी समेत गरेका छन् ।

 

यस्तो छ रावलले लेखेको फेसवुक स्टार्टस्

गृहमन्त्री रवि लामिछानेसंग नेपालको कानून विपरीत विदेशको समेत गरी दुईटा नागरिकता र राहादानी हुँदा केही कार्वाई नगर्ने तर कैलाश सिरोहियालाई दुइटा नागरिकतामा ुविवरण फरक परेकोुभनी कार्यकक्षबाट पक्रेर रातारात धनुषा लिने१ के मन्त्री र अरूका लागि फरक(फरक कानून छरु कानूनी राज्यको उपहास१ के प्रकाशन गृहलाई सुरक्षा घेरामा राखेर त्यसका अध्यक्षलाई रातारात काठमाडौं बाहिर लैजाने काम गृहमन्त्री र निजको दलका कतिपय व्यक्ति सहकारीको करोडौं रूपैयाँ ठगीमा संलग्न भएका तथ्य समाचार प्रकाशित भएपछि प्रतिशोध साध्ने र आतङ्कित पार्ने दुराशयबाट गरिएको भन्ने देखिन्न र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?