राजधानी छाडेर भागेका सिरियाली राष्ट्रपतिले अबुधावीमा शरण लिन सक्ने

राजधानी छाडेर भागेका सिरियाली राष्ट्रपतिले अबुधावीमा शरण लिन सक्ने

अर्थ चौतारी

राजधानी छाडेर भागेका सिरियाली राष्ट्रपतिले अबुधावीमा शरण लिन सक्ने

A A- A+

काठमाडौं– सयुंक्त अरब इमिरेटसका कूटनीतिज्ञका अनुसार विद्रोहीले राजधानी कब्जा गरे पछि भागेका सिरियाली राष्ट्रपति बसर अल असद अबुधावीमा शरण खोजिरहेको बताएका छन् ।

अचानक विद्रोहीले सहर कब्जा गरे पछि सिरियाका राष्ट्रपति बसर अल असद कथित रूपमा देशबाट भागेका छन् । तर, उनको ठेगाना भने खुल्न सकेको छैन । त्यहाँका प्रधानमन्त्रीले  पनि राष्ट्रपति कहाँ छन् भन्ने बारेमा केही थाहा नभएको बताएका छन् ।

तर, संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिका कूटनीतिक सल्लाहकारले असद युएईमा छन् कि छैनन् भन्नेमा आफू अनिश्चित रहेको बताएका छन् ।

बहराइनको मनामा संवादमा पत्रकारहरूसँग कुरा गर्दै युएइका कूटनीतिज्ञ अनवर गर्गासले असदले युएईमा शरण लिन सक्ने अनुमान गरेका छन् तर उनले प्रस्ट रूपमा केही भनेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?