आईकाओको मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन मन्त्री पाण्डे भारत प्रस्थान

आईकाओको मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन मन्त्री पाण्डे भारत प्रस्थान

अर्थ चौतारी

आईकाओको मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन मन्त्री पाण्डे भारत प्रस्थान

A A- A+

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे भारतको राजधानी नयाँ दिल्लीमा हुने अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मंगलबार भारत गएका छन् । 

बुधबारबाट नयाँ दिल्लीमा शुरु हुने एशिया प्रशान्त क्षेत्रको मन्त्रिस्तरीय सम्मेलन दुई दिनसम्म चल्ने छ । सम्मेलन भारत सरकार र आईकाओले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् । 

एशिया प्रशान्त क्षेत्रमा नागरिक उड्यनलाई थप प्रभावकारी बनाउन नयाँ रोडम्याप तयार गर्ने उद्देश्यले हुन लागेको सम्मेलनको समापन समारोहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा झण्डै ४१ देशका २५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?