पेट्रोलियम पदार्थको अभाव भएसँगै काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा सवारी चालकहरुको लामो लाइन लागेको छ । काठमाडौंका पेट्रोल पम्पहरुमा लामो समयपछि सवारी साधनहरुको लाइन देखिएको छ ।भारतले नेपालमा गरेको नाकाबन्दीको समयमा र त्यसपछि २०७८ सालमा पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीहरुको आन्दोलनका कारण पनि इन्धन अभाव भएको थियो ।अहिले नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण आइतबारबाटै राजधानीका निजी पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्री रोकेका छन् ।नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले पेट्रोलियम मजदुरहरुले विभिन्न माग राखी आपूर्ति रोक्दा पम्पहरुमा इन्धन अभाव भएको हो ।अधिकांश निजी पम्पमा ‘पेट्रोल छैन’ लेखिएको सूचना टाँस गरिएको छ । खुलेका केही पेट्रोल पम्पहरुमा भने लामो समय पालो पर्खनुपर्ने बाध्यता छ । गर्मीको बेला लामो समयसम्म लाइनमा बस्नुपर्दा सवारी चालकहरु हैरान छन् ।पेट्रोलियम मजदुरहरुले सबै ट्यांकर चालक/सहचालकको श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसार तलवको व्यवस्था गर्न माग गरेका छन् ।स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्न तथा चालक र सहचालकलाई जोखिम भत्ताको व्यवस्था गरिनु पर्ने माग समेत उनीहरुले राखेका छन् ।


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच