‘तपाईँहरुलाई प्रयोग नगरी हामीले भ्रष्टाचार गर्न सक्दैनौं, पाप कर्ममा सहभागी नहुनुस्’

‘तपाईँहरुलाई प्रयोग नगरी हामीले भ्रष्टाचार गर्न सक्दैनौं, पाप कर्ममा सहभागी नहुनुस्’

अर्थ चौतारी

‘तपाईँहरुलाई प्रयोग नगरी हामीले भ्रष्टाचार गर्न सक्दैनौं, पाप कर्ममा ...

A A- A+

काठमाडौं, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुलाई भ्रष्टाचारजन्य पाप कर्ममा सहभागी नहुन निर्देशन दिएका छन् । आज (शनिबार) २१औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्मचारी प्रयोग नभइ नेतृत्वमा रहेको नेताले कुनै पनि भ्रष्टाचार गर्न नसक्ने बताउँदै ओलीले यस्तो प्रकारको पाप कर्ममा सहभागी नहुन आग्रह गरेका हुन् ।

‘तपाईँहरु कतै प्रयोग नहुनुस्, मेरो आग्रह छ । तपाईँहरुलाई प्रयोग नगरी हामी त केही गर्नै सक्दैनौं नि । भ्रष्टाचार गर्दाखेरी पनि तपाईँहरुलाई प्रयोग गर्नुपर्छ । तपाईँहरु त्यो भ्रष्टाचारमा किन सहभागी हुने ? तसर्थ, यस्तो कु्रामा सहभागी नहुनुस् । पापमा सहभागी किन हुने ? कुकर्म, दुष्कर्ममा सहभागी किन हुने ?’ ओलीले भने ।

उनले नेताहरुको रेकर्ड राख्नसमेत कर्मचारीहरुलाई निर्देशन दिए । ठूला कुरा गरेको बेला देखाइदिन काम लाग्ने भन्दै उनले भने, ‘राजनीतिक नेताहरुको रेकर्ड राख्नुस् । कमसेकम ठूला कुरा गरेको बेला चिनेको छु भनेर मुसुक्क त हाँस्नुस् । त्यो स्थितिले डिस्करेज त गर्छ नि अलिकति ।’

साथै, उनले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने वाक्यांश दोहोर्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?