नागरिक उन्मुक्तिले राज्यमन्त्रीमा सिफारिस गरेका अरुणको शपथ कहिले ?

नागरिक उन्मुक्तिले राज्यमन्त्रीमा सिफारिस गरेका अरुणको शपथ कहिले ?

अर्थ चौतारी

नागरिक उन्मुक्तिले राज्यमन्त्रीमा सिफारिस गरेका अरुणको शपथ कहिले ?

A A- A+

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले राज्यमन्त्रीका लागि आफ्नो पार्टीबाट प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सिफारिस गरे पनि हालसम्म उनको शपथ भएको छैन । अध्यक्ष श्रेष्ठले साउन ११ गते प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको नाम राज्यमन्त्रीमा सिफारिस गरेकी थिइन् । राज्यमन्त्रीमा सिफारिस गरिएको ६ दिन भइसक्दा पनि चौधरीलाई शपथ खुवाइएको छैन ।

शपथको प्रतीक्षामा छन् अरुण चौधरी तर प्रधानमन्त्री कार्यालयबाट कुनै खबर आएको छैन । राज्यमन्त्रीमा सिफारिस भएकै दिनदेखि उनलाई बधाई तथा शुभकामना दिनेको आइरो छ ।  तर राज्यमन्त्रीमा उनले कहिले शपथ लिने हो टुङ्गो छैन ।

अध्यक्ष श्रेष्ठले भनिन्, ‘कुरा हुँदैछ एक दुई हप्ताभित्र हामीले सिफारिस गरेका राज्यमन्त्रीले शपथ खानुहुन्छ ।’ तीन जना राज्यमन्त्रीको शपथ एकै पटक हुने बताउँदै उनले कांग्रेसबाट दुई जना राज्यमन्त्रीको नाम आउनुपर्ने तर हालसम्म नाम नटुङ्गिएका कारण ढिलो भइरहेको बताइन् ।

‘ढिलाइ हाम्रो तर्फबाट होइन कांग्रेसबाट भइरहेको छ, हामीसँग प्रधानमन्त्रीज्युले नाम माग्नुभयो हामीले पटाइदियौँ, अब कांग्रेसले दुई जनाको नाम दिनुपर्ने हो तर हालसम्म दिएको छैन,’ उनले भनिन्, ‘आशा गरौँ १०–१५ दिनभित्र शपथ ग्रहण हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?