फिलिपिन्समा आँधीसँगै आएको बाढीमा १४ जनाको मृत्यु

TOPSHOT - Youths wade in a storm surge along Manila Bay amid heavy rains brought by Tropical Storm Yagi in Manila on September 2, 2024. A tropical storm dumped heavy rain in the Philippines for a second day on September 2, causing floods and landslides that have left at least four people dead, including a nine-month-old girl, officials said. (Photo by JAM STA ROSA / AFP) (Photo by JAM STA ROSA/AFP via Getty Images)

फिलिपिन्समा आँधीसँगै आएको बाढीमा १४ जनाको मृत्यु

अर्थ चौतारी

फिलिपिन्समा आँधीसँगै आएको बाढीमा १४ जनाको मृत्यु

A A- A+

मनिला– फिलिपिन्समा उष्णकटिबन्धीय आँधी यागीले निम्त्याएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुगेको सरकारले मंगलबार जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का प्रवक्ता एडगर पोसादासले दुर्घटनामा परी लुजन टापु तथा मध्य फिलिपिन्समा १२ जनाको मृत्यु भएको बताएका छन् ।

उनका अनुसार मनिलाको दक्षिणपश्चिम प्रान्तमा दुई जनाको मृत्यु भएको छ भने मनिलाको पूर्वी प्रान्तमा अझै चार जना बेपत्ता छन् ।
उष्णकटिबन्धीय आँधीको प्रभावका कारण भएका डुबान, पहिरो, बिजुलीको करेन्ट लगायतका दुर्घटनामा परी अधिकांश महिला तथा बालबालिकासहित पीडितहरूको मृत्यु भएको जनाइएको छ ।
साता व्यापीरुपमा कायम रहेको यागी आँधी र मनसुनले निम्त्याएको भारी वर्षाले फिलिपिन्सको राजधानी मनिला र द्वीपसमूहका अन्य भागमा आएको पहिरोले घर तथा गाउँहरू प्रभावित भएका छन् ।

फिलिपिन्सको मौसम विभागका अनुसार यागी मंगलबार उत्तरी फिलिपिन्सको इलोकोस नोर्टे प्रान्तको पश्चिमतर्फ २५ किलोमिटर प्रति घण्टाको गतिमा बगिरहेको छ भने ८५ किलोमिटर प्रति घण्टा हावा तथा १०५ किलोमिटर प्रति घण्टाको गतिमा आँधीबेहरी बहेको छ ।

यागीले बुधबार फिलिपिन्स छोड्ने , पूर्वानुमान अवधिभर तीव्र हुने र आगामी १२ घण्टामा गम्भीर उष्णकटिबन्धीय आँधीबेहरी तथा बिहीबार टाइफुनको श्रेणीमा पुग्न सक्ने पूर्वानुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?