काठमाडौं, असोज २। दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ । असोज ३ (भोलि) संविधान दिवसको अवसरमा सरकारले नारायणहिटी दरबारअगाडि सांगीतिक कार्यक्रम गर्दै छ । सोही प्रयोजनका लागि उक्त क्षेत्रमा सवारी आवागमन बन्द गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिण गेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारी साधनलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ । सरकारले बिहीबार संविधान दिवसको मूल समारोह भने सैनिकमञ्च टुँडिखेलमा आयोजना गर्नेछ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच