संसदीय सुनुवाइ समितिको बैठकः चीनका लागि प्रस्तावित राजदूतले कार्ययोजना प्रस्तुत गर्दै

संसदीय सुनुवाइ समितिको बैठकः चीनका लागि प्रस्तावित राजदूतले कार्ययोजना प्रस्तुत गर्दै

अर्थ चौतारी

संसदीय सुनुवाइ समितिको बैठकः चीनका लागि प्रस्तावित राजदूतले कार्ययोजना ...

A A- A+

काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकको सुरुमा चीनका लागि प्रस्तावित नेपाली राजदूत कृष्णप्रसाद ओलीले समिति समक्ष आफ्नो कार्य योजना प्रस्तुत गर्न सुरु गरेका छन् ।

यसअघि गत शुक्रबार समितिले विभिन्न १७ देशका लागि प्रस्ताव गरेका  राजदूतमाथि उनीहरू अयोग्य रहेको उजुरी गर्ने उजुरीकर्ताहरूसँग छलफल गरेको थियो ।

राजदूतहरूबारे भदौ २४ गते र २५ गते छलफल गरी निर्णय सुनाइने कार्यतालिकामा उल्लेख छ । भदौ २१ गते तिज, २२ गते शनिबार र २३ गते पञ्चमीको बिदा परेकाले त्यसअघि र पछि गरी ८ दिनमा संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने कार्ययोजना समितिले तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?