काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकको सुरुमा चीनका लागि प्रस्तावित नेपाली राजदूत कृष्णप्रसाद ओलीले समिति समक्ष आफ्नो कार्य योजना प्रस्तुत गर्न सुरु गरेका छन् ।
यसअघि गत शुक्रबार समितिले विभिन्न १७ देशका लागि प्रस्ताव गरेका राजदूतमाथि उनीहरू अयोग्य रहेको उजुरी गर्ने उजुरीकर्ताहरूसँग छलफल गरेको थियो ।
राजदूतहरूबारे भदौ २४ गते र २५ गते छलफल गरी निर्णय सुनाइने कार्यतालिकामा उल्लेख छ । भदौ २१ गते तिज, २२ गते शनिबार र २३ गते पञ्चमीको बिदा परेकाले त्यसअघि र पछि गरी ८ दिनमा संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने कार्ययोजना समितिले तय गरेको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच