काठमाडौं – सिन्धुलीमा एक महिलाको मृत्युपछि मलामीको अभाव हुँदा शव उठाउन समस्या भएको छ ।
सिन्धुलीको तीनपाटन गाउँपालिका–७ मा आइतबार कृष्णमाया पहाडीको मृत्यु हुँदा मलामीको अभावमा हुँदा शव उठ्न ढिलाइ भएको थियो ।
गाउँघरमा हारगुगार गरेपछि चार जना मलामी जम्मा भएका थिए । एक महिला र तीन पुरुष जम्मा भएपछि उनको शव उठाइएको थियो । तोश्रामखोला गाउँकी ६५ वर्षीया पहाडीको आइतबार मृत्यु भएको हाे ।
रोजगारी खोज्दै विदेश जानेहरुको संख्या बढेसँगै गाउँ गाउँ रित्तिँदै गइरहेको हुँदा मलामी अभाव भएको स्थानीयले बताएका छन् । केही वर्षअघिसम्म भने गाउँमा कसैको मृत्यु हुँदा टन्न मलामी हुने गरेको भएपनि पछिल्लो केही वर्ष यता मलामी पाउँनै मुस्किल हुन थालेको वडाध्यक्ष युवराज पहाडीले बताए

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच