काठमाडौँ, १२ भदौ । बुधबारको बैठकमा सांसद भट्टराईले माओवादीप्रति आक्रमक हुँदै ‘हिंसा’का कारण मुलुकमा विद्युत उत्पादन नभएको बताएका थिए । उनले माओवादीले ठाउँ ठाउँमा जलविद्युत् व्यवसायीमाथि चन्दा आतंक र लुटपाट हुँदा २०६३ मै लोडसेडिङ मुक्त हुने देशले २०७५ सालसम्म कुर्नुपरेको बताएका थिए ।त्यसपछि माओवादी केन्द्रका सांसदहरू माधव सापकोटा र देवेन्द्र पौडेलसहितले नियमापत्ति जनाएमाओवादीको विरोधपछि सभामुख घिमिरेले भट्टराईले बोलेको ‘हिंसा’ शब्दबारे छानबिनका लागि संसद् सचिवालयलाई निर्देशन दिएका हुन् ।सभामुखको निर्देशनपछि एमाले सांसद भट्टराई र रघुजी पन्तलले माओवादीको जनयुद्धलाई ‘हिंसा’ नै भन्दै संसद्मा बोल्न पाइने बताए ।त्यसमा पनि माओवादी सांसदहरूले विरोध गरेपछि उक्त शब्दबारे यसअघि नै निर्देशन दिइसकेको भन्दै सभामुख घिमिरेले नियमित प्रक्रियामा फर्किन आग्रह गरे ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच