प्रचण्डले आजको संसद बैठकमा सम्बोधन गर्ने

प्रचण्डले आजको संसद बैठकमा सम्बोधन गर्ने

अर्थ चौतारी

प्रचण्डले आजको संसद बैठकमा सम्बोधन गर्ने

A A- A+

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

संसदको विशेष समयमा प्रचण्डले पछिल्लो राजनीतिक अवस्था, संक्रमणकालीन न्याय र समसामयिक विषयमा धारणा राख्ने बताइएको छ ।आजको बैठकमा प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची छ ।

यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?