काठमाडौँ । माओवादी राष्ट्रिय सभाका सांसद सुरेश आले मगरले कास्कीको पोखरामा कार्यरत एसपी मोहन थापा र इन्स्पेक्टर बोदराज रेग्मीलाई कारबाही गर्न माग गरेका छन् । सोमबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै आले मगरले भ्याटबिल नभएको कारण देखाउँदै बाग्लुङको एक ढुङ्गाखानीलाई कारबाही गरेको भन्दै ती प्रहरी अधिकारीमाथि कारबाही गर्न माग गरेका हुन् ।‘बागलुङको खानीबाट निकालेर आफ्नो डिपोमा राख्न ल्याएको डुङ्गाको भ्याटबिन छैन भनेर इन्स्पेक्टर रेग्मी र उनलाई सघाउने एसपी थापालाई कारबाही गरियोस्’, आक्रोशित हुँदै आले मगरले भने, ‘खानीले ढुङ्गा उत्पादन गर्यो । पोखरा डिपोमा ल्याएर राख्न चाह्यो । किनबेच नभएको ढुङ्गामा कहाँको भ्याटबिल चाहिन्छ ? रेग्मीले भ्याटबिल छैन भनेर कारबाही गर्यो । महानगरपालिकामा लगियो । एसपी मोहन थापालाई भन्दाभन्दै पनि १२ हजार जरिवाना तिराइयो । उनीहरूमाथि कारबाही गरियोस् ।’उनले हुँदै नभएको कुरा उछालेर उद्योगमा बाधा पुर्याएको आरोप समेत लगाए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच