कैलालीका पहिरोपीडितलाई  त्रिपाल र सोलार प्यानल वितरण

कैलालीका पहिरोपीडितलाई त्रिपाल र सोलार प्यानल वितरण

अर्थ चौतारी

कैलालीका पहिरोपीडितलाई त्रिपाल र सोलार प्यानल वितरण

A A- A+

कैलाली । कैलालीको चुरे गाउँपालिका–४ स्थित बालुवागडामा बस्दै आएका ५२ परिवारलाई त्रिपाल वितरण गरिएको छ । गाउँपालिकाले पाँच वर्षअघि पहिराले विस्थापित भएर जङ्गल नजिक बस्दै आएका ५२ पहिरोपीडित परिवारलाई त्रिपाल र २० परिवारलाई सोलार प्यानल वितरण गरेको हो ।गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले वर्षाका बेला पहिरोपीडित परिवार कष्टकर जीवन बिताउँन बाध्य भएकाले सहयतास्वरुप त्रिपाल र सोलार प्यानल प्रदान गरिएको बताए । उनले भने, “उनीहरूका आवश्यकताअनुसार सोलार प्यानल र त्रिपाल प्रदान गरिएको हो ।” सबडिभिजन वन कार्यालयले वृक्षरोपण र तारबार गर्ने भन्दै पहिरोपीडित परिवारलाई बिचल्लीमा पारेको आरोप उनले लगाए । यसैगरी, चुरे गाउँपालिका–५ खानीडाँडास्थित भीमदत्त राजमार्ग सडक किनारमा आश्रय लिइरहेका १५ परिवालाई खाद्यान्न, त्रिपाल र सोलार प्यानल वितरण गरिएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?