भ्रष्टाचार गर्दिनँ भनेर ठूल्ठूला भाषण गर्ने सरकार नीतिगत सेटिङ गरिरहेको छः पूर्वमन्त्री अर्याल

भ्रष्टाचार गर्दिनँ भनेर ठूल्ठूला भाषण गर्ने सरकार नीतिगत सेटिङ गरिरहेको छः पूर्वमन्त्री अर्याल

अर्थ चौतारी

भ्रष्टाचार गर्दिनँ भनेर ठूल्ठूला भाषण गर्ने सरकार नीतिगत सेटिङ ...

A A- A+

काठमाडौं, ६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति एवं पूर्वमन्त्री डोलप्रसाद अर्यालले वर्तमान सरकारले संविधानको धारा १७ ले दिएको विचार र अभिव्यक्तिको स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने दुष्प्रयास गरिरहेको आरोप लगाएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको शून्य समयमा उनले भ्रष्टाचारको विरोधमा सरकारले नागरिकहरुलाई बोल्नै नदिएको बताएका हुन् । सरकारले भ्रष्टचारको विरोधमा आवाज उठाइरहेका युवाहरुलाई धरपकड गर्ने र शान्तिपूर्ण भेला हुन नदिने जस्ता अलोकतान्त्रिक गतिविधि गरिरहेको उनको भनाइ छ ।

‘संविधानको धारा १७ मा विचार र अभिव्यक्ति स्वतन्त्रता, विना हात हतियार शान्तिपूर्वक भेला हुन पाउने हक समेटिएको छ । तर, सरकार भने भ्रष्टाचारविरुद्ध उठाइएका आवाजहरुलाई थुन्ने प्रयास गरिरहेको छ । अब सरकारका गलत कामका विरुद्ध बोल्नै नपाइने हो ? हामीले अभ्यास गरिरहेको लोकतन्त्र यही हो ? भ्रष्टाचारविरुद्ध आजाव उठाइरहेको युवाहरुलाई धरपकड गर्ने, शान्तिपूर्ण भेला हुन नदिनेजस्ता सरकारले अलोकतान्त्रिक काम गरिरहेको छ,’– उनले भने ।

साथै, सरकारमा रहेकाहरुले भ्रष्टाचार गर्दिँन भनेर ठूला–ठूला भाषण गरेपनि नीतिगत रुपमा भ्रष्टाचारको सेटिङ भइरहेको उनको आरोप छ । उनले सरकारले सुशासन कायम गर्छु भनेर भाषण गरेपनि वहालवाला शिक्षामन्त्रीले विश्वविद्यालमा सुरक्षा चाहियो भनेर सामाजिक सञ्जालमार्फत गृहमन्त्रीलाई गुहार्नु पर्ने दिन आएको बताए ।

उनले ‘शिक्षा क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गरौं, शिक्षामा दलीय राजनीति नगरौं, शिक्षकहरुलाई राजनीतिबाट बाहिर राखौं’ प्रधानमन्त्री केपी शर्मा ओलीबाटै विरोध भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?