काठमाडौं– श्रीलंकाका पूर्वसेना प्रमुख फिल्ड मार्शल सनथफोन्सेकाले हिन्द महासागर क्षेत्रमा चिनियाँ जासुसी जहाजको उपस्थितिप्रति चिन्ता व्यक्त गरेका छन् ।
उनले हिन्द महासागरक्षेत्र खासगरी श्रीलंकाली जलक्षेत्रमा चिनियाँ जहाजको उपस्थितिप्रति चिन्ता व्यक्त गरेका हुन् । उनले छिमेकी मुलुक भारतको सुरक्षा चासोलाई श्रीलंकाले प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।
भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा पूर्वसेना प्रमुख फिल्डमार्शल फोन्सेकाले श्रीलंकाली जलक्षेत्रमा कुनै पनि सैनिक उपस्थिति आफ्ना लागि अस्वीकार्य रहेको समेत बताए ।केही समयअघि श्रीलंकाको राजधानी कोलम्बोको बन्दरगाहमा चिनियाँ जहाजलाई रोकेर बन्दोबस्तीका सामान लोड गर्न दिइएको थियो ।उनले श्रीलंकामा आगामी सेप्टेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा पनि गरिसकेका छन् ।राष्ट्रपतिमा निर्वाचित भए भ्रष्टाचार र नातावादलाई निर्मूल पार्ने र विकास निर्माणका कामलाई अघि बढाउने उनको भनाइ छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच