सरकारको कमजोरी उठान गर्नु प्रतिपक्षको कर्तव्य हो : महामन्त्री विश्वप्रकाश शर्मा

सरकारको कमजोरी उठान गर्नु प्रतिपक्षको कर्तव्य हो : महामन्त्री विश्वप्रकाश शर्मा

अर्थ चौतारी

सरकारको कमजोरी उठान गर्नु प्रतिपक्षको कर्तव्य हो : महामन्त्री ...

A A- A+

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा प्रतिपक्षीले राखेको बिषयमा प्रधानमन्त्री गम्भीर हुनुपर्ने बताएका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री शर्माले सरकारको कमजोरी उठान गर्नु प्रतिपक्षी दलको कर्तव्य भएकाले उनीहरुले राखेको बिषयलाई प्रधानमन्त्रीले गम्भीर भएर सम्वाद गर्नुपर्ने बताएका हुन् ।

भिजिट भिसा प्रकरणमा गहिरोसंग अनुसन्धान हुनुपर्ने र त्यसमा मुछिएका सवैमाथि छानविन हुनुपर्ने उनले बताए । शर्माले यस सन्दर्भमा अख्तियारले गृहमन्त्रीमाथि अनुसन्धान गरे स्वभाविक रुपमा पद त्याग गर्नुपर्ने भएपनि अहिले कर्मचारीमाथि मात्रै अनुसन्धान भइरहेको उल्लेख गरे । कर्मचारीमाथि अनुसन्धान भइरहदा उजुरी नै नपरेको गृहमन्त्रीको राजीनामा माग गर्नु उचित नभएको उनको भनाइ छ । उनले अघिल्लो गृहमन्त्रीको प्रकरणलाई गाँसेर सदनमा आवेग प्रकट हुन खाजेको जस्तो देखिएको बताए।

त्यस्तै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि कुनै प्रश्न र उजुरी नपरेको अवस्थामा राजीनामा माग गरेर प्रतिपक्षी नै अप्ठेरोमा परेको बताए । मंगलबार दलहरुबीचको छलफलमा प्रतिपक्षी दलले राजीनामा भन्दा पनि छानविन समिति गठन गर्नुपर्नेमा जोड दिएको उनले बताए । उनले छानविन समिति गठन गरेपनि त्यसको प्रतिवेदन अख्तियारलाई नै दिनुपर्ने र अहिले अख्तियारले नै सोहि मुद्दामा अनुसन्धान गरिरहेकाले पहिला अख्तियारको अनुसन्धान प्रतिवेदनलाई पर्खनुपर्नेमा आफुहरुको जोड रहेको धारणा राखे ।

उनले भिजिट भिसा प्रकरणमा छानविन समिति गठन गर्नुपर्ने माग जायज नरहेको स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?