‘सिधा कुरा’ विरुद्ध अदालतको अवहेलना मुद्दाको फैसला भदौ २० गते

‘सिधा कुरा’ विरुद्ध अदालतको अवहेलना मुद्दाको फैसला भदौ २० गते

अर्थ चौतारी

‘सिधा कुरा’ विरुद्ध अदालतको अवहेलना मुद्दाको फैसला भदौ २० ...

A A- A+

काठमाडौं, ६ भदौ । ‘सिधा कुरा’ नाम अनलाइन मिडियाका प्रकाशक, कार्यकारी सम्पादक र सूचना स्रोत व्यक्तिविरुद्धको अदालतको अवहेलना मुद्दाको निर्णय सुनाउने मिति सरेको छ । सो मुद्दामा आज फैसला आउने भनिएता पनि आगामी भदौ २० गतेका लागि सारिएको छ । सो मुद्दामा सिधा कुराका सञ्चालक युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र सूचना स्रोत व्यक्ति राजकुमार तिमल्सिनालाई विपक्षी बनाइएको थियो ।

सिधा कुरा डटकमले स्टिङ अप्रेसनका मुद्दा मिलाउन सर्वोच्च अदालतका न्यायाधीशसमेतको मिलेमतोमा डिल भएको भन्दै समाचार प्रकाशित गरेको थियो। त्यसमा डिल भएको भनिएको बैठकको अडियो भन्दै सामग्री राखिएको थियो।

सिधाकुराले सो भिडियोमा कान्तिपुरका मालिका कैलाश सिरोहिया, अन्नपूर्ण पोष्टका मालिक क्याप्टेन रामेश्वर थापासहितको नाम जोडेर भिडियो सामाग्री तयार गरेको थियो । सो मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको वृतत्तपूर्ण इजलासमा सुनुवाइ सकिएर निर्णय सुनाउन आजको लागि पेशी तोकिएको छ ।

सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेको टिप्पणीद्वारा दायर गरिएको उक्त मुद्दाको बहसमा सहभागी भएका कानुन व्यवसायीहरुलाई बहस नोट पेश गर्न १५ दिनको समय दिइएर निर्णय सुनाउन आजको लागि पेशी तोकिएको थियो ।

सो मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, हरिप्रसाद फुँयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेशशर्मा पौडेल र बालकृष्ण ढकालको वृहतपूर्ण इजलासमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?