मिन बहादुर खड्का काठमाडौं: गायक रतन देवकोटाको मर्मस्पर्शी गीत हिरुलाल सार्वजनिक भएको छ । बुधबार रतन देवकोटा उनको आफ्नै अफिसियल युट्युव च्यानलबाट गीत सार्वजनिक भएको हो। रतन देवकोटाले शब्द संगीत गरेको यो गीतमा स्वरमा चर्चित गायक चक्र बम, र गायीका रचना रिमालको रहेको छ । गीतमा अन्य कलाकारहरुले पनि स्वर भरेका छन् ।
प्रदेशीको कथा व्यथालाई गीतको शब्द र अभिनय मार्फत चित्रण गर्न खोजिएको छ । ग्रामीण भेगको झल्को दिने यो म्युजिक भिडियोबाट रोजगारीका लागि प्रदेश जाने नेपाली युवाहरुको तितो यथार्थतालाई देखाउन खोजिएको छ । गीतमा पहिला दिक्रा बादीको ठाडी भाका छ भने त्यसपछि रचना रिमाल र चक्र बमको आवाजमा देउडा गीत संगै मिसाईएको छ ।
ठाडी भाका र देउडा गीतको संयोजनमा बनेको यो गीतको कथा बस्तु भने मर्मस्पर्शी छ। सुदूरपश्चिम र कर्णालीको देउडा संस्कृतिलाई पनि गीत मार्फत देखाउन खोजिएको अनुमान लगाउन सकिन्छ । प्रदेशीहरु प्रदेश जाँदाको बिछोडको पिडालाई पनि भिडियो छायांकन मार्फत प्रष्ट्याउन खोजिएको छ ।
हेर्नुहोस् यो हो भिडियो :

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच