सय जना कामदार पठाउन नसक्ने मेनपावर व्यवसायीको नवीकरण गर्ने सरकारको निर्णय

सय जना कामदार पठाउन नसक्ने मेनपावर व्यवसायीको नवीकरण गर्ने सरकारको निर्णय

अर्थ चौतारी

सय जना कामदार पठाउन नसक्ने मेनपावर व्यवसायीको नवीकरण गर्ने ...

A A- A+

काठमाडौँ । सरकारले लगातार दुई वर्षसम्म वार्षिक १०० जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने मेनपावर व्यवसायीको नवीकरण गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाधा अड्काउ फुकाउ मार्फत उनीहरूको नवीकरण गर्ने निर्णय गरेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले अवस्था हेरेर उनीहरूको नवीकरण गर्ने निर्णय गरेको बताए। संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा बोल्दै उनीहरूको नवीकरण गर्ने निर्णय गरेको बताए। यसअघि गत वर्ष अन्तिम पटकको लागि भनेर बाधा अड्काउ मार्फत नै नवीकरण गर्ने निर्णय गरेको थियो।

अन्तिम पटक भनिएकोमा यो पटक समेत मन्त्रिपरिषद् बैठकले नवीकरण गर्ने निर्णय गरेको हो। यो पटक भने नवीकरण गर्दा उनीहरूमाथि आवश्यक अनुसन्धान गरेर मात्रै गरिने मन्त्री भण्डारीले बताए।

‘गत वर्ष नै अन्तिम पटक भनेर बाधा अड्काउमार्फत फुकुवा गरेको थियो। तर यो पटक पनि त्यही समस्या देखियो। २ वर्षसम्म एक जना पनि विदेश पठाउन सक्दैनन् भने के गरेर बस्छन् ?,’

मन्त्री भण्डारीले प्रश्न गरे, ‘यसले शङ्कास्पद स्थिति सिर्जना गरेको छ। यसमा हामी हेरेर मात्रै नवीकरण गर्छौ। उनीहरूले किन पठाउन सकेनन् त्यो हेरेर मात्रै गर्छौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?