काठमाडौं । ललितपुर महानरपालिका–१७ सिचाहिटीमा रहेको ललितपुर गेस्टहाउसमा एक पुरुष मृत भेटिएका छन् ।मृत भेटिनेमा सोलुखुम्बुघर भएका २१ वर्षीय जीवन निरौला रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।सुमन तामाङले सञ्चालन गरेको उक्त गेस्टहाउसमा बस्न भन्दै निरौला शनिबार राति साढे ९ बजे गेस्टहाउस पुगेका थिए ।आइतबार बिहान साढे ११ बजेसम्म पनि ढोका नखुलेपछि झ्यालबाट हेर्दा निरौला घोप्टो अवस्थामा सुतेको देखिएको थियो । तर बोलाउँदा पनि नबोलेपछि प्रहरीलाई खबर गरेर ढोका फोडेर हेर्दा उनी मृत भेटिएका हुन् ।उनी सुतेको कोठामा लागु औषध एम्पुलहरु समेत फेला परेकाले उनी लागु औषध प्रयोगकर्ता भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । उनको शव पोष्टमार्टमा लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच