प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजिएको भन्दै महासंघको विरोध

प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजिएको भन्दै महासंघको विरोध

अर्थ चौतारी

प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजिएको भन्दै महासंघको ...

A A- A+

काठमाडौं । एमालेनिकट प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई पक्राउ गर्न प्रहरीले प्रयास गरेको भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । प्रेस काउन्सिलको अधिकार क्षेत्रलाई हस्तक्षेप गर्दै प्रहरीले पक्राउ गर्न खोज्नुले प्रेस स्वतन्त्रततामाथि गम्भीर आघात पुगेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछ,’ विज्ञप्तिमा भनिएको छ ।

आज साइबर ब्युरोबाट खटिएको प्रहरी टोली बस्नेतलाई पक्राउ गर्न हार्दिक होटलमा पुगेको थियो । बस्नेत सो होटलमा एउटा कार्यक्रममा सहभागी भइरहेका थिए । प्रहरीले पक्राउ गर्न खोजेपछि आफूहरूले प्रतिवाद गरेको चौतारीका उपाध्यक्ष राजेश राईले बताए । ‘प्रेस काउन्सिलले हेर्नुपर्ने विषयमा सीधै प्रहरीले पक्राउ गर्न मिल्दैन भनेर प्रतिकार गर्यौं’, उनले भने ।

बस्नेतले सञ्चालन गर्ने जनता टाइम्स नामक अनलाइनमा साउन महिनामा प्रकाशित एक समाचार र तस्विरलाई लिएर उनीमाथि साइबर ब्युरोमा उजुरी परेको थियो । त्यसकै अनुसन्धानका लागि उनलाई पक्राउ गर्न खोजिएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?