‘यसपालि मत दिए, दिनुपर्दैन’ के भनेका होलान् ट्रम्पले ?

‘यसपालि मत दिए, दिनुपर्दैन’ के भनेका होलान् ट्रम्पले ?

अर्थ चौतारी

‘यसपालि मत दिए, दिनुपर्दैन’ के भनेका होलान् ट्रम्पले ?

A A- A+

वासिंटन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इसाई कन्जरभेटिभको एउटा कार्यक्रममा दिएको अभिव्यक्ति निकै चर्चामा आएको छ । ट्रम्पले गएको शुक्रबार राति ७५ मिनेटको मन्तव्य दिएका थिए ।

सो मन्तव्यको अन्तिमतिर ‘यदि उनीहरूले चुनावको दिनमा उनलाई मत दिए भने उनीहरू फेरि कहिल्यै मतदान गर्न बाध्य नहुने’ जनाएका थिए । “कसरी भन्ने मलाई मतलब छैन, तर तपाईंले बाहिर निस्कनुपर्छ र मतदान गर्नुपर्छ,” उनले भनेका थिए ।

ट्रम्पले वेस्ट पाम बीचमा टर्निङ प्वाइन्ट एक्सनको ‘बिलिभर्स समिट’मा भनेका थिए, “इसाइहरू बाहिर निस्कनुहोस् र यस पटक मात्र मतदान गर्नुहोस् ।”

“तपाईंहरूले यसभन्दापछि गर्नु पर्दैन । अझै चार वर्ष । के हो यो तपाईंलाई थाहा छ ? यो निश्चित हुनेछ,” उनले अगाडि भनेका छन् “म तपाईंहरूलाई माया गर्छु । म इसाइ हुँ । बाहिर निस्कनुस् र भोट हाल्नुस् । चार वर्ष तपाईंहरूले मतदान गर्नुपर्ने छैन । हामी यो निश्चित गर्नेछौँ, त्यसैले तपाईंहरूले मत हाल्नुपर्ने छैन ।”

डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उमेदवार कमला ह्यारिसको क्याम्पेनले भने ट्रम्पको यसपालि मतदान गरे अर्को पटक मतदान गर्नुनपर्ने भनाइ प्रजातन्त्र अन्त्य गर्ने कसम भएको टिप्पणी गरेकी छन् । एबीसी न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?