प्रचण्डले भने- भिजिट भिसाबारे छानबिन समिति बने संसद् खुल्छ

प्रचण्डले भने- भिजिट भिसाबारे छानबिन समिति बने संसद् खुल्छ

अर्थ चौतारी

प्रचण्डले भने- भिजिट भिसाबारे छानबिन समिति बने संसद् खुल्छ

A A- A+

काठमाडौं– प्रतिपक्षमा रहेका दलहरूले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने निष्कर्ष निकालेका छन् ।

संघीय संसद् भवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’ को कार्यकक्षमा शुक्रबार बसेको प्रतिपक्षी दलहरूको बैठकले कांग्रेस सभापति देउवासँग छलफल गर्ने निष्कर्ष निकालेको हो ।

‘अहिलेका राजनीतिक घटना क्रमको विषयमा प्रतिपक्षका तर्फबाट नेपाली कांग्रेसका सभापतिसँग एकचोटि कुरा गर्नु उचित हुन्छ भन्ने विषय पनि भयो,’ बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने ।

भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकारको प्रतिबद्धता आए पछिल्लो राजनीतिक घटनाक्रमलाई सकारात्मक ढंगले टुंग्याउन सकिने उनको भनाइ थियो ।

‘आज हामी पहिला प्रतिपक्षीहरू बस्यौँ । छानबिन मुख्य कुरा हो, भरपर्दो छानबिनको कुरामा सरकारको प्रतिवद्धता आयो भने यो विषयलाई हामीले सकारात्मक ढंगले टुंग्याउन सकिन्छ भन्ने कुरा भयो प्रतिपक्षको भयो,’ प्रचण्डले भने ।

उनले सत्तापक्ष छानबिन अगाडि बढाउनेमा सहमत देखिए पनि संसदीय छानबिन समिति, न्यायिक समिति वा अन्य अरू के गर्ने भन्ने विषयमा सहमति भइनसकेको पनि बताए ।

‘सत्तापक्ष छानबिन अगाडि बढाउनेमा सहमतै देखिएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘तर, अहिले संसदीय छानबनि समिति बनाएर जाने या पूर्वन्यायाधीश कसैकोमा न्यायिक समिति बनाएर छानबनि गर्ने या अर्को के गर्ने भन्ने विषयमा सहमति भएको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?