कांग्रेस र एमालेबीच कुनै समस्या छैन : गृहमन्त्री

कांग्रेस र एमालेबीच कुनै समस्या छैन : गृहमन्त्री

अर्थ चौतारी

कांग्रेस र एमालेबीच कुनै समस्या छैन : गृहमन्त्री

A A- A+

राजविराज – गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) बीचमा सरकार सञ्चालनका विषयमा समस्या नभएको स्पष्ट पारेका छन् ।

सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले काँग्रेस र एमाले बीचको समीकरण विघटन हुँदैन, झन सुदृढ हुन्छ भने।

उनले भने, ‘देश राजनीतिक स्थायित्व र सुशासन तर्फ अगाडि बढिरहेको छ । वर्तमान सरकारले बिग्रेको अर्थतन्त्रलाई सुधार गरेर लयमा ल्याउँदै छ । शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन लागिरहेको छ ।’

उनले आवश्यक कानुन निर्माण र सङ्घीयतालाई बलियो बनाउन सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?