एटिएम तोडफोड गरेको आरोपमा दुईजना पक्राउ

अर्थ चौतारी

एटिएम तोडफोड गरेको आरोपमा दुईजना पक्राउ

A A- A+

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठमा एटिएम तोडफोड गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिका घर भएर बुढानीलकण्ठ बस्ने ३४ वर्षीय श्याम बहादुर घले र १९ वर्षीय सुजन तामाङ छन् । बुधबार बिहान उनीहरुले बुढानीलकण्ठ नगरपालिका–३ स्थित रुद्रेश्वर चोकको माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनीहरूको साथबाट प्रहरीले फलामको रड बरामद गरेको छ । घटनाबारे प्रहरी वृत महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?